चौथो यले दोङ बास्केटबल प्रतियोगिता माघ २८ गते

बुधबार, २३ माघ २०८१
धरान : किरात नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत)को अवसरमा माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ । किरातीहरूले माघ १ गतेलाई यलम्वर संवतको रूपमा नयाँ वर्ष मान्दै आइरहेका छन् । माघ १ गतेदेखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ मनाएको छ । किराती नयाँ वर्षलाई मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटबल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा धरानस्थित भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताका विजेताले पुरुषतर्फ नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फका विजेताले नगद २० हजार, र उपविजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका महिला र पुरुषतर्फ उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा धरानसँगै तरहरा, इटहरी, झापा, मोरङ, धनकुटा लगायतबाट करिब ४० टिमले सहभागिता जनाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार