प्रेस चौतारी पाँचथरमा मदन थापा सर्वसम्मत

बुधबार, २३ माघ २०८१
पाँचथर : प्रेस चौतारी पाँचथरको अध्यक्षमा मदन थापा सर्वसम्मत चयन भएका छन् । चौतारीको सातौं जिल्ला अधिवेशनबाट थापा नेतृत्त्वको कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दुर्गा खनाल र जीवन गौतम, सचिवमा इवारा जवेगू, सहसचिवमा चिरञ्जीवी विश्वकर्मा र राजकुमार राई, कोषाध्यक्षमा मौसम सम्बाहाम्फे चयन भएका छन् । यसैगरी सदस्यहरूमा विकास घिमिरे, निशन लुइँटेल, डेविट ओझा, मनोज थापा, अप्सना रम्तेल, सन्तोष खनाल र पुङ्गिहाङ नेम्वाङ चयन भएका छन् । यस्तै केन्द्रीय प्रतिनिधि दिलकुमारी योञ्जन र सागर खनाल तथा प्रदेश प्रतिनिधिमा रवीन्द्र काफ्ले चयन भएका छन् । अधिवेशनको सन्दर्भ पारेर निवर्तमान अध्यक्ष तुलसी थापासहित सदस्यद्वय मौसम सम्बाहाम्फे र चिरञ्जीवी विश्वकर्मालाई सम्मानसमेत गरियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार