पाहुना टिम भारतलाई पराजित गर्दै साविक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा

विहीबार, २४ माघ २०८१
धरान : पाहुना टिम भारतलाई पराजित गर्दै साविक विजेता एनआरटी न्यूरोड टिम काठमाडौँ २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । भारतको युकेएफसी लाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो । एनआरटीले उपाधिको लागि शनिबार लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौसँग सामना गर्नेछ । एनआरटीलाई उपाधि नजिक पुर्याउन शिशिर लेखीले १ गोल र प्रदीप बुढाथोकीले २ गोल गरेका थिए । बिहीबार धरान रंगशाला भएको अन्तिम सेमिफाइनल खेलमा खेलको २८ औँ मिनेटमा मोहन गुरुङको पासमा शिशिर लेखीले उत्कृष्ट गोल गरेका थिए । उनको गोलपछि युकेएफसीका हेमराज भुजेलले ३१ औँ मिनेटमा १ गोल गर्दे खेल बराबरीमा ल्याए । यसैगरी खेलको ४५ औँ मिनेटमा एनआरटी लागि प्रदीप बुढाथोकीले थप १ गोल गरेका थिए । पहिलो हाफमा २–१ को अग्रता लिएको एनआरटीका लागि खेलको ७६ औँ मिनेटमा उनै प्रदीपले थप १ गोल गरेसँगै टिमलाई उपाधि नजिक पुर्याए । प्रतियोगितामा एनआरटीका शिशिर लेखी म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे । धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख र सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउनेछन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार