प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गर्दै अग्रस्थानमा छ । नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मत प्राप्त गरेको छ । प्रत्यक्षमा एमालेलाई पछि पारेको कांग्रेस समानुपातिकमा भने १ लाख ३० हजार भन्दा धेरैले पछि परेको छ ।
यता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया