बेलबारीमा सुतेकै कोठामा मृत भेटिए पुरुष

आइतबार, ०४ फागुन २०८१
विराटनगर । मोरङको बेलबारीमा आइतबार दिउँसो सुतेकै कोठामा १ जना पुरुष मृत भेटिएका छन् । प्रहरीका अनुसार बेलबारी नगरपालिका–११ लकाई टोलका अर्जुन राईको घरमा बस्दै आएका ३८ वर्षीय राजु भण्डारी मृत भेटिएका हुन् । सुतेकै कोठामा दिउँसो १ः३० बजेतिर भण्डारीलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भण्डारी राईको घरमा काम गरेर बस्ने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । तत्काललाई घटना शंकास्पद नदेखिएको र थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार