असोजमा पहिरोबाट प्रताडित, फागुनमा जस्तापाता र भाँडा वर्तन उपलब्ध

आइतबार, ०४ फागुन २०८१
पाँचथर : गत असोज ९ गतेदेखि १२ गतेसम्म भएको अविरल वर्षासँगै गएको बाढी पहिरोबाट घरबारविहीन भएका पाँचथरको फिदिम नगरपालिकाका प्रभावितलाई घर छाउने जस्तापाता र भाँडा वर्तन उपलब्ध गराइएको छ । फिदिम नगरपालिकासँगको सहकार्यमा कारितास नेपालले यहाँका एक सय २५ प्रभावितलाई जस्तापाता र भाँडा वर्तनसहित दुई सय ५० विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । प्रतिपरिवार तीन बण्डलका दरले जस्तापाता, काँटी र वासरसहित खाना पकाउने प्रेसर, कुकर, कराई, फिल्टर जग, थाल र डाडु पन्यु लगायत सामाग्री आइतबार वितरण गरिएको हो । यसैगरी विद्यार्थीहरूलाई भने झोला र कापी, कलमलगायतका स्टेशरी सामाग्री वितरण गरिएको मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिए । मेयर काफ्ले, उपमेयर राधाकृष्ण न्यौपाने र कारितास नेपालका शाखा प्रमुख शङ्कर कुमार पौडेलसहितले सामाग्री हस्तान्तरण गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार