इटहरी गोल्डकप : मच्छिन्द्र फुटबल क्लब अन्तिम चारमा

सोमबार, ०५ फागुन २०८१
इटहरी : १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सोमबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ । इटहरी रंगशालामा भएको खेलमा मच्छिन्द्रले झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो । मच्छिन्द्र फुटबल क्लबका लागि खेलको ३१ औं मिनेटमा विदेशी खेलाडी मलिक बामिदेले युसुफले गोल गरे । त्यसपछि दुवै टिमबाट गोल नहुँदा उनले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा उनै मलिक म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे । मंगलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज यूनाइटेड काठमाडौं र धरान फुटबल क्लबबीच हुनेछ । राष्ट्रिय जागृति क्लब (राजा)द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार