इटहरी गोल्डकप : धरान फुटबल क्लब सेमिफाइनलमा

मंगलबार, ०६ फागुन २०८१
इटहरी : इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार इटहरी रंगशालामा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा धरान फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारका लागि स्थान सुरक्षित गरेको हो । धरानका लागि ४७ मिनेटमा दोर्जे तामाङ र ५७ औं मिनेटमा विवेक राईले गोल गरेका थिए । चर्च ब्वाइजका लागि कप्तान अनन्त तामाङले ८४ औं मिनेटमा शान्तवना गोल फर्काए । खेलको म्यान अफ दि म्याच धरान फुटबल क्लबका दोर्जे तामाङ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । बुधबार पहिलो सेमिफाइनल खेल पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ। राष्ट्रिय जागृति क्लब ९राजा०द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार