कोशीका उत्कृष्ट १३ व्यक्तित्वलाई ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान

बुधबार, ०७ फागुन २०८१
इटहरी : नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गरेको छ । बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअप विधाका १३ जनालाई अवार्ड प्रदान गरिएको हो । अवार्ड पाप्त गर्नेमा शिक्षा विधातर्फ प्रा.डा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुुरी, साहित्य विधामा झमक कुमारी घिमिरे, सामाजिक विधातर्फ गीता गौतम रहेका छन् । यस्तै कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुुद विधातर्फ दिलीप राई, बैंकिङ बिधातर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटन विधातर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधि विधातर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगत अवार्ड प्रदान गरिएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अवार्ड प्रदान गर्दै विभूषित गरे । यसैगरी वार्षिकोत्सवको अवसरमा १२ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजिवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन् । यस्तै, सम्मानित हुनेमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल रहेका छन् । यस्तै, संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेड, माया घर नेपाल र नव दृष्टि आँखा अस्पताललाई सम्मान गरिएको हो । कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको थियो । उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनको भनाइ छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार