इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश खबरले सरकारले सम्मान गर्नुपर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको भन्दै पशंसा व्यक्त गरेका छन् ।
प्रदेश खबरले दोश्रो वार्षिकोत्सवको अवरमा आयोजना गरेको कोशी एक्सिलेन्स अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यस्तो व्यक्तित्वहरुलाई सम्मान गर्नुभयो र मैले वितरण गर्ने मौका पाएँ । त्यसमा मैले कुनै पाप गरेँ भने त्यो पनि मुक्त हुने भयो,’ उनले भने ।
मुख्यमन्त्री कार्कीले जनताले प्रदेश चाहिँन्छ भन्ने गरिको काम प्रदेश सरकारले समेत गरेको बताए । तथ्याङअनुसार प्रदेश सरकारले धेरै काम गरेको बताएका हुन् ।
उनले प्रजातन्त्रको दिन भएको यो कार्यक्रमले नयाँ उर्जा थपेको बताए ।
प्रतिक्रिया