कोशी प्रदेश सभाको बैठकमा मन्त्री नै निदाएपछि.....

शुक्रबार, ०९ फागुन २०८१
इटहरी । कोशी प्रदेशसभाको शुक्रवार बसेको बैठकको विशेष समयमा जनता समाजवादी पार्टी नेपालकी सांसद निर्मला लिम्बु आफ्ना कुरा राखिरहेकी हुन्छिन् । उनको जिल्ला समेत रहेको ताप्लेजुङमा भइरहेको केबलकार निर्माणका सम्बधनमा पछिल्लो दिनमा भइरहेको घटनाक्रमका बारे सरकारको ध्यानाकर्षण गराइरहेकी हुन्छिन् । विकासका नाममा राज्यले जनतामाथि आतङ्क मच्चाएको र ताप्लेजुङ अशान्त भइरहेको सांसद लिम्बुले बताइरहेका बेला कोशी प्रदेशको शान्ति सुरक्षाको मन्त्रालय समेत हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी भने निदाएका देखिन्छन् । निदाएका मन्त्री भण्डारीलाई अर्को कुर्सीमा रहेका अर्का मन्त्री पाँचकर्ण राईले कोट्याउँछन् । तर उनी बिउँझिँदैनन् । दोश्रोपटक कोट्याएपछि मात्र भण्डारीले आँखा खोल्छन् । यो सबै दृश्य प्रदेश सभा सचिवालयमा रेकर्ड भइरहेको हुन्छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार