इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेला शनिवार (आज) हुँदैछ ।
दिउँसो २:३० बाट सुरु हुने खेलमा उपाधिका लागि लागि सगरमाथा युथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दै छन् ।
सगरमाथा युथ क्लबले क्वाटर फाइनलमा न्यूरोड टिम (एनआरटि) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै मच्छिन्द्रले क्वाटर फाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब ९यूकेएफसी० भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
शुक्रवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा टिम कप्तानहरूले खेल आफूले जित्ने दाबी गरेका छन् । दुई पटकको उपाधि विजेता सगरमाथा युथ क्लब आफ्नो जीतलाई ह्याट्रिक बनाउने योजनामा रहँदा मच्छिन्द्र क्लब पनि पहिलो पटक फाइनल खेल खेल्दै उपाधि जितेर इतिहास बनाउने रणनीतिमा छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । प्रतियोगितामा विधागत उत्कृष्टतामा पनि खेलाडीहरू पुरस्कृत हुने छन् ।
आयोजकका अनुसार विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
यसै गरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्दा राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्ने आयोजकको भनाई छ ।
प्रतिक्रिया