मोरङ : लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले मोरङ कारागार प्राङ्गणमा प्रतीक्षालय निर्माण गरेर हस्तान्तरण गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक्ट तथा क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी यादवले सेवाका क्षेत्रमा लायन्सले धेरै कार्य गर्ने गरेको आफूले देखेको र हाल प्रत्यक्ष रूपमा कार्यक्रममा निम्तो गर्ने डिस्ट्रिक्ट परिवार प्रति आभार व्यक्त गर्दै लायन्सलाई आफूहरूले बृहत् कार्यक्रम मार्फत सम्मान समेत गर्ने बताउनुभयो।
लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको १७०० डलर र बाकी ३२५ सी को बजेट गरी करिब ३ लाख रुपैयाँको लागतमा लायन्सको अन्तर्राष्ट्रिय प्रोजेक्ट अन्तर्गत उक्त कार्य भएको र लायन्सले सदैव सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने गरेको डिस्ट्रिक्ट गभर्नर लायन विकास अधिकारीले जानकारी दिनुभयो ।
कारागारमा आफ्ना आफन्त भेट्न आउँदा बस्ने स्थानको अभाव महसुस हुने गरेको र लायन्सले प्रतीक्षालय निर्माणमा सक्रियता देखाउँदै सुरुवात देखि बन्ने प्रक्रिया सम्म सहयोग गर्ने डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी लगायतका लायन्स नेतृत्वलाई कारागार प्रशासनले धन्यवाद दिएको थियो ।
प्रतिक्रिया