कुलमानको निर्णयविरुद्धमा हितेन्द्रदेव पुगे अदालत

सोमबार, १७ कार्तिक २०८२

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उत्प्रेषणको आदेश माग गर्दै सोमबार सर्वोच्च अदालत पुगेका छन्।

शाक्यले अदालतमा रिट दायर गरेका हुन्। उनी अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। तर जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले ऊर्जा मन्त्री कुलमान घिसिङको निर्णयमा उनी प्राधिकरणबाट सरुवा गरी जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको थियो।

शाक्यले आफ्नो सरुवा आदेशको वैधता र उत्प्रेषण सम्बन्धी आदेश अदालतमार्फत पाउन चाहेको बताएका छन्। यस कदमसँगै प्राधिकरणमा नेतृत्वको जिम्मेवारी र सरुवा निर्णयबारे नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार