आगामी पुष ९ देखि राष्ट्रिय फुटबल लिग

सोमबार, १७ कार्तिक २०८२

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो । यस्तै, बैठकले यस वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने निर्णय गरेको छ । ‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ सालमा भएको  थियो । एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।

यसैगरी राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली र मकवानपुरमा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा सहभागी हुनेछ्न ।

‘ए’ डिभिजनका  चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी  छन् ।

राष्ट्रिय लिगमा सहभागी टोलीले आगामी मङ्सिर ५ गते टोटी तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका भने मङ्सिर १९ मा सार्वजनिक हुने एन्फाले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार