रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका ६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढामगरको मंगलबार बिहान घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खिमबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया