काठमाडौं : महाशिवरात्रि पर्व सम्पन्न भएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु गरिएको छ । महाशिवरात्रिका अवसरमा जम्मा भएका भक्तजनका कारण थुप्रिएको फोहर पशुपति क्षेत्र विकास कोषले आजदेखि उठाउन थालेको हो ।
केही दिनमा सफाइ गरिसकिने कोषका सदस्य सचिव डामिलनकुमार थापाले जानकारी दिए । महाशिवरात्रि सम्पन्न भए पनि आजसमेत पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको थियो । महाशिवरात्रिमा मन्दिरभित्र दर्शन गर्न नपाएका भक्तजन आज पशुपतिनाथ पुगेका थिए ।
शुक्रवार बिहान ११ बजेदेखि साधु सन्तलाई दक्षिणा दिएर बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
प्रतिक्रिया