भारतबाट इन्धनको मूल्य घटेर आउँदा निगमले घटाएन

सोमबार, २० चैत्र २०७९
काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य समायोजन गर्न आनाकानी गरेको छ । शनिबार मूल्य घटेर आएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजलमा प्रतिलिटर २२ रुपैयाँ नाफा छ । नेपाल आयल निगमका अनुसार शनिबार आईओसीबाट पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको थियो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मूल्य घटाउन वाणिज्य मन्त्रालयसँग समन्वय भइरहेको जनाए । विश्व बजारमा देखिएको आर्थिक मन्दीले कच्चा तेलको बिक्री कम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९ डलर कायम भएको छ । निगमले पुरानो बक्यौता १२ अर्ब रुपैयाँ रहेको भन्दै मूल्य समायोजन गर्ने आनाकानी गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार