केपी ओली कप: केपी ओली एफसी र मछिन्द्र क्लबबीच आज सेमिफाइनल खेल हुँदै

शनिबार, १७ फागुन २०८१
काठमाडौं | केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदै । दोस्रो सेमिफाइनलमा आज केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । आयोजक केपी ओली एफसीले न्युरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गरेको थियो । आजको विजेताले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको छ । प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार