उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा इटहरीका टंक दुलालले उमेदवारी दिने

सोमबार, २० चैत्र २०७९
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनमा कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा टंकप्रसाद दुलालले उमेदवारी दिने भएका छन् । उनी उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष तथा पूर्र्वाञ्चल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघको पूर्वकेन्द्रीय सदस्य समेत हुन । इटहरीमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आएका दुलाल यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध छन् । नेपाल सरकारको समृद्धि परियोजनामा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट संयोजकको भूमिका पनि उनले निर्वाह गरिसकेका छन् । दुलालले कमर्सियल एग्रिकल्चर एलाइन्सका सञ्चालकका रुपमा समेत काम गरिसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार