एभरेष्ट बैंकले ७.५ प्रतिशत ब्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गर्ने

आइतबार, १८ फागुन २०८१
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आइतबारदेखि १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को निष्कासन प्रक्रिया सुरु गरेको छ। यस ऋणपत्रमा वार्षिक ब्याज दर ७.५० प्रतिशत तोकिएको छ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्दै ३ अर्ब रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। यसमध्ये १८ लाख कित्ता व्यक्तिगत लगानीकर्ताहरूका लागि छुट्याइएको छ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि वितरण गरिनेछ। साथै, उक्तमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। ऋणपत्रमा आवेदन दिन इच्छुक व्यक्तिहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया फागुन २१ गतेदेखि सुरु भएर चैत ३ गतेसम्म जारी रहनेछ। ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षमा दुई अर्धवार्षिक अवधिको समाप्तिपछि कर कटौतीसहित भुक्तानी गरिनेछ। यसका लागि इक्रा नेपालले एभरेष्ट बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस’ प्रदान गरेको छ, जसले बैंकको वित्तीय स्थिति र दायित्व पूरा गर्ने क्षमतालाई उच्च रूपमा सुरक्षित देखाउँछ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू वा मेरो शेयर अनलाइन सेवाको माध्यमबाट आवेदन दिन सकिनेछ। एभरेष्ट बैंकको यस ऋणपत्र निष्कासनले लगानीकर्ताहरूलाई आकर्षक ब्याज दरसहित सुरक्षित वित्तीय अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार