१४ गोलको वर्षासँगै एपीएफ इलाममा जारी महिला गोल्डकपको सेमिफाइनलमा

मंगलबार, २० फागुन २०८१
इलाम : गोलको वर्षा गरेको एपीएफ क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मङ्गलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा भारतको पाहुना टोली मदर टेरेसालाई १४–१ गोलको फराकिलो गोल अन्तर सँगै एपीएफ अन्तिम चारमा पुग्दै सेमिफाइनलमा नेपाल पुलिस सँगको भेट पक्का गरेको हो । पहिलो हाफमा एपिएफका लागि अनिता बस्नेतले ह्याट्रिक गरिन भने रश्मि कुमारी घिसिङले २ गोल गर्दा अनिता केसीले एक गोल गरिन् । एपीएफकी रश्मि कुमारी घिसिङले दोस्रो हाफमा थप ४ गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन भने कप्तान अनिता बस्नेतले दोस्रो हाफमा थप २ गोल गर्दै व्यक्तिगत ५ गोल गरिन् । यस्तै एपीएफकी डिफेन्स लाइन सम्हालिरहेकी मनमाया दमाई र कुसुम खतिवडाले एक एक गोल गर्दै एपिएफले १४ गोलको वर्षा गरेको हो । खेलको १२ औँ मिनेटमा मदर टेरेसाको तर्फबाट प्रतिज्ञा क्षेत्रीले गरेकी थिइन् । उनको त्यो गोल टेरेसाका लागि सान्त्वना बन्न पुग्यो । खेलको वुमन अफ द डे एपीएफकी दोहोरो ह्याट्रिक गर्ने खेलाडी रश्मि कुमारी घिसिङ घोषित भइन् । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरिन् । एपीएफको जित सँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सेमिफाइनलमा विभागीय टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ र आयोजक पुगिसकेका छन् । बुधवार हुने पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामले विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार