पथरी घटना प्रकरण : झुन्डिएका युवा-युवती थिए सम्बन्धमा

मंगलबार, २० फागुन २०८१
मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा झुन्डिएको अवस्थामा मृत फेला परेका दुवै जना सम्बन्धमा रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण प्रसाद चिमरियाका अनुसार घटनाक्रम हेर्दा दुवै जना सम्बन्धमा रहेको देखिन्छ । ‘मृतक पुरुषका दुई छोरा छन् । महिलाको पनि डेढ वर्षको बच्चा रहेको बुझिएको छ । घटना हेर्दा उनीहरू सम्बन्धमा रहेको देखिन्छ ।’ उनले भने । प्रहरीका अनुसार यही फागुन १८ गते राति पुरुषले ती महिलालाई आफ्नो घर ल्याएर आएका थिए । त्यसपछि घरमा खाना खाएर उनीहरू बाहिर निस्किएका थिए । हिजो (१९ गते) त्यही रहेको शुक्रबारे हाटमा घुमेका पनि थिए । आज बिहान समेत मौलीवारिको पोखरीको डिलमा गफ गरेर बसेका स्थानीयले देखेको एसपी चिमरियाले बताए । फेरि बिहानै १० बजे पछि स्थानीयले नै झुन्डिएको अवस्थामा देखेर आफन्त हुँदै प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको चिमरियाले बताए । यो पनि https://pradeskhabar.com/?p=89381

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार