इलाम : कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको फाइनलमा पुगेको छ ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफले फाइनलका लागि सिट सुरक्षित गरेको हो ।
खेलको ३६ औ मिनेटमा अनिता केसीको क्रस पासलाई रश्मी कुमारी घिसिङले गोल गर्दै एपीएफले अग्रता बनाएको हो ।
पहिलो हाफको ४ औँ मिनेटमा अनिता बस्नेतको क्रस पासलाई राश्मीले सदुपयोग गर्न सकिनन् । १० मिनेटमा अनिताको प्रहार गोलरक्षक उषा नाथले बचाउ गरिन् ।
१९ मिनेटमा सरु लिम्बुको प्रहार गोल रक्षकले बचाइन् । नेपाल पुलिसले पनि उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्नबाट चुकेको थियो ।
१५ मिनेटमा मीना देउवाले गरेको प्रहार एपीएफकी गोलरक्षक सावित्री किसनले बचाइन् ।
पहिलो हाफको २८ मिनेटमा मीनाको प्रहार सिधै किपरको हातमा परेको थियो। ४२ औँ मिनेटमा पुलिसकी निर्मला उपाध्यको प्रहार सावित्रीले रोकिन् ।
दोस्रो हाफमा नेपाल पुलिस क्लबले पाएको धेरै अवसरलाई सदुपयोग गर्न सकेन। पुलिसले पनि पाएको अवसरलाई गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिएको हो ।
आजको खेलमा म्यान अफ दि म्याच एपीएफकी अनिता बस्नेत घोषित हुँदै नगद पाँच हजार र ट्रफी प्राप्त गरिन् । शनिबार हुने फाइनलमा विभागीय टोलिहरू आर्मीले लिग विजेता एपीएफको सामना गर्नेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद चार लाखसहित ट्रफ्री मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद दुई लाखमा चित्त बुझाउनेछ ।
प्रतिक्रिया