पाँचथर : चर्च ब्वाइज युनाइटेड काठमाण्डौ पाँचौ पाँचथर गोल्डकको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न खेलमा प्रतिस्पर्धी भारतको हिल्स फुटबल एकेडेमीलाई ४–० गोल अन्तरले हरॉउदै चर्च ब्वाइजले सेमिफाइनल यात्रा तय गरेको हो ।
प्रतियोगितामा चर्च ब्वाइजको जीतमा राज भुसालले २ गोल गरे । खेल सुरू भएको छैठौं मिनेटमा विदेशी राज भुसालले पहिलो गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए ।
दोस्रो गोल आठौं मिनेटमा विदेशी खेलाडी फोफोनाले गरे ।
उनीहरूको गोलस‘गै मध्यान्तरअघि २–० ले अग्रता लिएको चर्च ब्वाइजका तर्फबाट तेस्रो गोल मध्यान्तरपछि ६४ औं मिनेटमा अभिषेक महतो र अतिरिक्त समयमा राज भुसालले गरे ।
आइतबारको खेलमा २ गोल गरेका उनै भुसाल म्यान अफ दि म्याच घोषित हु‘दै नगद सात हजार पाँच सयसहित पुरस्कृत भए ।
सोमबार हिमालयन शेर्पा क्लब काठमाण्डौँ र मछिन्द्र फुटबल क्लब काठमाण्डौँबीच हुने आयोज पाँचथर क्लबले जनाएको छ ।
शनिबार सुरू भएको पाँचौं संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका आठ टिम सहभागी थिए । जसमध्ये भारतको हिल्स एकेडेमी र आयोजक पाँचथर क्लब प्रथम चरणबाटै बाहिरिएका छन् ।
प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ र उप विजेताले ५ लाख ५ हजार ५ सय ५५ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया