पाँचथर : मच्छिन्द्र क्लब काठमाण्डौँ पाचौं पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो ।
मच्छिन्द्रका तर्फबाट विदेशी खेलाडी स्टेफेनले २७ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । लगत्तै ३० मिनेटमा मच्छिन्द्रका लागि जय गुरुङले थप गोल गरे ।
खेलको ९० औं मिनेटमा हिमालय शेर्पाका सुजन स्याङतानले एक गोल फर्काएपनि उक्त गोल मच्छिन्द्रसँग बराबरीमा आउनसमेत पर्याप्त भएन ।
सोमबारको खेलमा मच्छिन्द्रका विशाल घलान म्यान अफ दि म्याच घोषित हुँदै नगद सात हजार पाँच सय प्राप्त गरे ।
मंगलबार विभागीय टिम नेपाल पुलिस क्लब र नमो बुद्व फुटवल क्लब सप्तरीबीच क्वाटरफाइनल चरणको अन्तिम खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
शनिबार सुरू भएको पाँचौं संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ११ लाख एक हजार एक सय ११ र उपविजेताले पाँच लाख पाँच हजार पाँच सय ५५ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।
प्रतिक्रिया