२०१५ देखिको ८ निर्वाचनमा कांग्रेस ५ औँ पटक पहिलो पार्टी

आइतबार, १८ मंसिर २०७९
गत मंसिर ४ गते भएको आम निर्वाचनमो परिणाम दुई क्षेत्रको बाहेक अन्य क्षेत्रको आईसकेको छ । परिणामा आदाँ प्रतिनिधिसभा तर्फ प्रतक्षमा नेपाली कांग्रेस ५६ सिट सहित पहिलो भएको छ । त्यसो त कांग्रेस यो पटक मात्र पहिलो भएको भने होइन । नेपालमा २०१५ सालदेखि २०७९ साल सम्म ८ वटा निर्वाचन सम्पन्न भएको छ । जसमा कांग्रेस ५ पटक पहिलो राजनितिक शक्तिका रुपमा उदाएको छ । जसमा २०१५ सालमा माथिल्लो संदनमै १३ सदस्य सहित कांग्रेस पहिलो पार्टी भएको थियो । त्यसेबेला नेकपा एमाले निर्वाचनमा सामेल भएको थिएन । २०४८ सालको निर्वाचनमा जम्मा २० राजनीतिक दलले २०५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए । जसमा कांग्रेस ११० सिट सहित पहिलो पार्टीको रुपमा उदायो । २०५६ सालको आम निर्वाचनमा ३९ पार्टीले २०५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये १११ सिट सहित कांग्रेस पहिलो पार्टी बनेको थियो । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ३३५ निर्वाचन क्षेत्र मध्ये ९१ सिट सहित कांग्रेस पहिलो पार्टी बनेको निर्वाचन आयोगले प्रदेश खबरलाई उवलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ७ वटा निर्वाचनमा भाग लिएको नेकपा एमाले २ वटा निर्वाचनमा पहिलो पार्टी बनेको छ । जसमा २०५१ सालमा भएको निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमा २४ राजनीतिक दलले निर्वाचनमा भाग लिदा ८८ सिट सहित पहिलो पार्टीको रुपमा उदाएको हो । नेपालमा संघीयता आएपछि पनि एमाले पहिलो पार्टीको रुपमा उदायको थियो । ‘नेपालको संविधान २०७२’ जारी भएसँगै देशमा ३ तहको सरकारको परिकल्पना भयो । जसअन्तरगत ७५३ वटा स्थानिय तह भयो भने ७ वटा प्रदेश भयो । प्रतिनिधिसभा तर्फको ३३५ निर्वाचन क्षेत्रलाई घटाएर १६५ निर्वाचन क्षेत्रमा सिमित गरियो । यसरी मुलुकले नयाँ राजनीतिक अभ्यास गर्दा २०७४ सालको निर्वाचनमा १६५ निर्वाचन क्षेत्र हुँदा ८० सिट सहित एमाले पहिलो भएको थियो । १० बर्ष ससत्र युद्ध गरेको नेकपा माओवादी केन्द्रले ४ वटा निर्वाचनमा भाग लिएको छ । जसमा माओवादी १ पटक मात्र पहिलो पार्टी बनेको छ । शान्ति पक्रियामा आएर २०६४ सालको पहिलो संविधान सभामा माओवादीले भाग लिएको थियो । जसमा प्रतक्ष तर्फ ३३५ क्षेत्रमा निर्वाचन हुँदा १०० सिट सहित माओवादी पहिलो पार्टी भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार