झापा : सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० को गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।
चर्च ब्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकडभिट्टाले नगद ५ लाख प्राप्त गर्यो ।
जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले जाली चुमाएका थिए । उनको त्यही गोल प्रतियोगिताको उपाधि दिलाउन निर्णायक बन्यो ।
फाइनल खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङवा भए । उनले नगद ५१ हजार र ट्रफी प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मछिन्द्रका युसुफ मलिक भए । उनीहरूले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।
प्रतिक्रिया