विराटनगर : विराटनगरमा सोमबार अपराह्न आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएका छन् ।
विराटनगर महानगरपालिका–१ परोपकार घाटका अनवर अन्सारी, असरफ अन्सारी, अफसर अन्सारी र सन्तोष कामतको घर आगोले जलेको र ध्वस्त भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार अपराह्न ४ः३० बजेतिर आगलागी सुरु भएको थियो ।
स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको उनले बताए । आगोले ४ वटा घरसहित घरभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ ।
सबै घरहरू टाटीबेराले बनेका र १ तले थिए । घटनामा ‘प्रत्येक घर जल्दा करिब ४ लाख बराबरको क्षति भएको पाइयो,’ जोशीले भने, ‘हावा चलेका कारण तत्काल नियन्त्रणमा लिनसक्ने अवस्था पनि भएन ।’
घटनापछि ४ परिवारका बिचल्ली भएको छ । घटनामा मानवीय र चौपाया क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया