सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

मंगलबार, ०५ चैत्र २०८१
काठमाडौं । मंगलबार सुनको भाउले रेकर्ड राखेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढ्दै अहिलेसम्मकै महँगो भएको हो । सोमबार सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँ बनाउँदै उच्च रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार