धादिङको उत्तरी क्षेत्रमा राधे समूहको आतङ्क : अस्पतालमै युवामाथि खुकुरी प्रहार

शुक्रबार, ०२ जेठ २०८२

धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे ।

कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् ।

उनी धादिङमै गुण्डागर्दी मार्फत ठेक्का पट्टा हत्याउने व्यावसायमा छन् ।

जेल भित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भएपनि जेलभित्रैबाट १० लाख रुपैयाँ पठाइ दिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् ।

उनै राधे समुहले धादिङको निकै दूर्गममानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ ।

राधे समुहका गुण्डा नाइके राम अकिलसिंह गुरुङसहितका व्यक्तिले गत वैशाख २६ गते अशोक समुहमा रहेका विवस तामाङ र अशोक तामाङका छोरामाथि खुकुरी प्रहार गरेको छ ।

यसअघि कर्तव्य ज्यान मुद्दामा समेत कैद सजाय भागेर बाहिर आएका अमर तामाङ, झ्याप्ले भन्ने अमर तामाङ, राम अकिल सिंह गुरुङ, सौजल गुरुङ र प्रविन कटुवालको समुहले खुकरी प्रहार गरेको स्थानियले बताएका छन् ।

सुत्केरी महिलालाई उपचारका लागि खनियावास गाउँपालिका ४ दार्खास्थित स्वास्थ्यचौकीमा पुगेका दुई युवामाथि खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको छ ।

खुकुरी प्रहारबाट विवस तामाङ गम्भिर घाइते भएको पाइएको छ ।

स्राेतका अनुसार गत वैशाख २६ गते राती ११ बजेर ३५ मिनेटजाँदा विवसमाथि खुकुरी प्रहार भएको हो ।

घटनाबारे प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमाललाई प्रतिक्रिया माग्दा जाहेरी आएको स्विकार गरे ।

घाइते तामाङको उपचारका लागि धादिङ हुँदै काठमाडौं ल्याइउको छ । काठमाडौंमा सिटिस्क्यान र एमआरआई गरिएको रिपोर्टमा देखिन्छ ।

घटनापछि पीडित परिवारले अभियुक्तहरुविरुद्ध किटानी जाहेरी समेत दिएपनि प्रहरीले त्यसलाई गम्भिरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ ।

यद्धपी डिएसपी हमाल भने आफूहरुले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरिक्षकको नेतृत्वमा कमाण्ड नै पठाउने तयारी रहेको बताए ।

राधे समुहमा रहेका राम अकिल सिंह र झ्याप्ले भनिने अमर तामाङ खुंखार अपराधमा संलग्न छन् ।

Radhe-Group-e5f439ac

२०६९ मंसिर १८ गते भिषण सिंखडासहितको समुहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानिय विजय तामाङको हत्या गरेका थिए । विजय समर्थित समुहले घटना भएको १२ घण्टा नबित्दै भिषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो ।

भिषण हत्यापछि फरार रहेको समुहले नै सत्यदेवी गाविस ३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए ।

२०६७ कार्तिक १ गते दार्खाकै स्थानिय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार