दमकका पूर्वप्रमुख बुढाथोकीको निधन

शनिबार, ०३ जेठ २०८२

 झापा ः दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।

दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । बुढाथोकी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । वि सं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट नगर प्रमुखमा निर्वाचित  भएका थिए ।

पछिल्लो समय एमाले छाडेर बुढाथोकी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । बुढाथोकीको आज नै अन्त्येष्टि गरिने जनाइएको छ । 

पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छिन् । 

उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेकी छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार