शहरी विकास मन्त्रालयको वित्तीय प्रगति विवरण सार्वजनिक

मंगलबार, ०५ चैत्र २०८१
काठमाडौं । शहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो । चालु आ.व.२०८१/८२ मा यस मन्त्रालयको जम्मा ९१ अर्व ३५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रहेको जनाएको छ । जसमध्ये चालु तर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ । हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्व २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको अवस्था छ । मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण मैनालीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ । संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो । हालसम्म जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको प्रवक्ता मैनालीले बताए । यस्तो छ वित्तीय प्रगति विवरणः चालू आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालय (संघीय कार्यालय) बाट कार्यान्वयन हुने पूँजीगत कार्यक्रमहरूको प्रगति चालू आ.व.को जम्मा ३ हजार ७ सय १६ वटा नयाँ कार्यक्रमहरूमध्ये जम्मा १ हजार ६ सय २३ वटा कार्यक्रमहरूको बोलपत्र आव्हान भईसकेको छ । त्यसैगरी बोलपत्र आव्हान भएका १ हजार ६ सय २२ वटा कार्यक्रमहरूमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वंटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भईसकेको छ । बोलपत्र आव्हान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रमहरूमध्ये २ सय ८८ वटा कार्यक्रमहरू बहुबर्षीय स्वीकृतिको लागि प्रस्तावित कार्यक्रमहरू हुन् भने ८० वटा कार्यक्रमहरू संशोधनको लागि प्रस्तावित कार्यक्रमहरू हुन् । संशोधनको लागि प्रस्तावित ८० वटा कार्यक्रमहरू मध्ये ४४ वटा संशोधन भई आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियमा छन् । त्यसैगरी १ हजार ४ सय ५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रमहरू मध्ये चालू आर्थिक वर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरू सम्पन्न भईसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार