मोरङ आगलागी घटना: एक बालिकाको मृत्यु, बेपत्ता बालक सकुशल फेला

मंगलबार, ०५ चैत्र २०८१
विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा भएको आगलागी लगभग नियन्त्रणमा आएको छ। प्रहरीका अनुसार आगलागी करिब १२ बजे सुरु भएको थियो र दिउँसो साढे २ बजेमा नियन्त्रणमा आएको छ। आगलागीमा एक बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ ।  आगलागीका क्रममा बेपत्ता भएका बालकलाई सकुशल फेला पारिएको छ। धनपालथान-६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा दुई बालबालिका परेको जानकारी प्रहरीले दिएको थियो। मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार आगलागीमा परेको भनिएको ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका छन्। आगलागीका कारण ९ वटा घर जलेका छन्।

यो पनि

https://pradeskhabar.com/?p=92209

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार