विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यकः उद्योगमन्त्री

शुक्रबार, २४ चैत्र २०७९
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताए । सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताए । उनले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने उल्लेख गरे । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गरे । ‘विज्ञापन व्यवसायीहरुको ठूलो भूमिका छ । विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न सरकारले राष्ट्रिय नीति ल्याउँदैछ । विज्ञापन क्षेत्रको दायरा बढाउँदै जानुहोला’ उनले भने, ‘सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेका छन् तर विज्ञापन दिने सम्भव हुन सकेको छैन । त्यसलाई पनि कानूनी दायरामा ल्याएर आवश्यक छ । विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानको लागि सहयोग गर्न तयार रहेको छ । गठबन्धनको सरकार रहेको भन्दै सरकारले सहयोग गर्न तयार छ ।’ नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको उनले बताए । कार्यक्रममा बिज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाइ,अक्युर्याबका अध्यक्ष अर्जुन गिरि,बानका उपाध्यक्ष राजकुमार थापा,बिज्ञापन बोर्डका सदस्य पवन अधिकारी,बिज्ञापन ब्यावसायी नवीन पौडेल,संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार