काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुको समूहले कालो झण्डा देखाउँदै उनको राजीनामा माग गरेका हुन् । प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीमा निम्त्याएको विवादको विरोध भएको बुझिएको छ।
प्रतिक्रिया