काठमाडौं : सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालयमा तानिएको छ।
उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको गृह मन्त्रालयले जनाएको छ।
सिराहाको औरही–५ मा हुन लागेको विष्णु महायज्ञका लागि स्थानीय दलित दीपक मलिक डोमको घर भत्काइएको घटनापछि चौतर्फी आलोचना भएपछि दाहाललाई गृह मन्त्रालयमा तानिएको हो।
महायज्ञको मण्डप वरिपरि दलितहरू बस्न नहुने भन्दै मलिकको घर भत्काइएको थियो। त्यसक्रममा दलित समुदायले टेकेको जमिन अपवित्र हुने भन्दै माटोसमेत खनेर फालिएको गुनासो उठेको छ।
घटनाको गम्भीरताका कारण गृहमन्त्री रमेश लेखकले यस विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न प्रहरीलाई निर्देशनदिइसकेका छन् ।
प्रतिक्रिया