०८४ सालसम्म म प्रधानमन्त्री हुने दौडमा छैन : प्रचण्ड

शुक्रबार, ०८ चैत्र २०८१
पर्सा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन् । सुशासनको पक्षमा काम गर्दा कांग्रेस र एमाले मिलेर सरकारबाट हटाएको भन्दै अब ०८४ को निर्वाचनसम्म जनतामाँझ रहने र सरकारमा नजाने दाहालको दाबी छ । आज पर्सामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेको पनि स्मरण गराए । माओवादी सत्तामा हुँदा एउटा कुरा गर्ने र बाहिर जाँदा अर्को कुरा गर्ने पार्टी नभएको पनि प्रचण्डको भनाई छ । उनले आफूलाई भ्रष्टहरुले मिलेर सरकारबाट हटाएको र कांग्रेस र एमोललाई सरकारको नेतृत्वमा स्थापित गराएको गम्भीर आरोप लगाए । दाहालले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्न र आफ्ना मान्छे जोगाउनको लागि बनेको आरोप लगाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार