इतिहास बनेकाहरू पुनः टाउको उठाउँदै छन् : अध्यक्ष दाहाल

शनिबार, ०९ चैत्र २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको बताएका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले इतिहास बनेकाहरूको टाउको उठाउने कोसिस सम्भव नहुने बताए । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको अध्यक्ष दाहालको भनाइ छ । उनले भने, “यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार