काठमाडौं : नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् ।
१०औँ महाधिवेशन अन्तर्गत आज पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षका अर्का दावेदार राजेश राई पछाडि हटेसँगै पाण्डे सर्वसम्मत चयन भएका हुन् ।
यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा सर्वसम्मत चयन भएका छन् भने उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिवमा बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।
प्रतिक्रिया