कार र मोटरसाइकल दुर्घटना हुँदा विराटनगरमा एक जनाको मृत्यु

आइतबार, २६ चैत्र २०७९
बिराटनगर । विराटनगरमा कार र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति साढे ९ बजे विराटनगर महानगरपालिका ४ नेपाल आयल निगम अगाडि दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ४ का ४५ वर्षीय शिवकुमार गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र १–०२–०४०प ३२३२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि आर्या न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा राति १२ बजे उनको मृत्यु भएको हो । ठक्करपछि कार चालक फरार छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार