भयावह छ, राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र (फोटो फिचर)

शनिबार, १६ चैत्र २०८१
काठमाडौं : पूर्वराजाका समर्थकहरूले शुक्रवार गरेको प्रदर्शनमा काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ । चैत्र १५ गते शुक्रवार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङमा राखिएको चार वटा गाडी र दुई वटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो । तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो । आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरू जलेका छन् । काठमाडौँ उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रवार को आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौ वटा र सरकारी/निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् । प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौ वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ । फोटो फिचर

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार