दुहबीमा इट्टाभट्टाका म्यानेजरसँग १ लाख रुपैयाँ लुटेर ६ जना भारतीय मजदुर फरार

मंगलबार, १९ चैत्र २०८१
सुनसरी: सुनसरीको दुहबी नगरपालिका-१० चिमरिया स्थित आरती इट्टाभट्टामा कार्यरत ६ जना भारतीय मजदुरहरूले म्यानेजरलाई लुटपाट गरी फरार भएका छन्। मंगलबार बिहानको राति ३ बजे, भारत बिहारका २०-२५ वर्ष उमेर समूहका छ जना मजदुरहरूले म्यानेजर शिव नारायण यादवसँग भएको रु एक लाख रुपैयाँ लुटेर भागेका हुन्। घटनाबारे बिहान ०४:४५ बजे इट्टाभट्टाका मालिक राज कुमार रौनियारले इलाका प्रहरी कार्यालय दुहबीमा जानकारी गराएका थिए। चोरीमा संलग्न व्यक्तिहरू जोगबनी नाका हुँदै भारत फरार हुन सक्ने सम्भावना रहेकोले प्रहरी प्रशासनले सीमावर्ती क्षेत्रका सबै युनिटलाई सतर्क रहन निर्देशन दिएको छ। लुटपाटमा संलग्न व्यक्तिहरू कालो लुगा लगाएका, अनुहार तथा जिउमा कोइला लागेको र नेपाली बोल्न नजान्ने हुलियाका रहेको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार