आजबाट सुरु भयो सेतो मच्छिन्द्रनाथ रथयात्रा (फोटो फिचर)

शनिबार, २३ चैत्र २०८१
काठमाडौं : सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको मुर्तिको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सुरु हुन्छ । यस वर्ष पनि आजबाट काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ । शनिबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु¥याइएको छ । आइतवार अर्थात् दोस्रो दिन असनबाट हनुमान ढोका अगाडिसम्म र तेस्रो दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट पुनः रथयात्रा लगनटोलस्थित मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार