ठुलो परिमाणमा लागू औषधसहित धरानबाट एक युवक पक्राउ

आइतबार, २४ चैत्र २०८१
धरान : शनिबार राति करिब ९:१० बजेको समयमा धरान उप-महानगरपालिका वडा नं. ११ स्थित गैरी गाउँमा लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा ऐतबारे बस्ने सुर्य राईका १८ वर्षीय छोरा सुदीप राईलाई नियन्त्रणमा लिएको हो। चेकजाँचको क्रममा सुदीप राईले लागू औषध घारीमा लुकाई छिपाई राखेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार निजको साथबाट कोलिवन नामक ८०५ क्याप्सुल र ट्रामाडोल नामक ८०५ क्याप्सुल गरी जम्मा १ हजार ६१० क्याप्सुल नियन्त्रित लागू औषध बरामद गरिएको छ। हाल राईलाई  इलाका प्रहरी कार्यालय धरानमा राखी लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार