एकीकृत समाजवादी कोशीको नेतृत्वमा महिला, सरिता खड्का सर्वसम्मत रूपमा चयन

विहीबार, २८ चैत्र २०८१
विराटनगर : नेकपा (एकीकृत समाजवादी) पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत रूपमा चयन भएकी छन् । निर्वाचन प्रक्रिया रोकेर केन्द्रीय नेतृत्वले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेको स्रोतले बतायो । नेतृत्व चयनका लागि बुधवार निर्वाचन हुने भनिएको थियो । तर, निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् । पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको पनि दाबी थियो । सङ्खुवासभाकी खड्का कोशी प्रदेशकी पूर्व सांसद समेत हुन् । यस्तै पार्टीको प्रदेश कमिटी सचिवमा खोटाङका जलेश्वर राई चयन भएका छन् । उपसचिवमा भवानी शङ्कर चयन भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य ओसिम आलमले जानकारी दिए । प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीको पहिलो बैठकले रिक्त रहेको पदमा मनोनयन गर्ने आलमले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार