शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी

शनिबार, ३० चैत्र २०८१
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालका जनजाति समुदायहरुमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना भएको बताएका छन्। जनजाति कल्याण आश्रम, नेपालको १५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै  मन्त्री  चौधरीले खजाना निहित जनजाति समुदाय भए पनि दुर्भाग्यवश शिक्षा र  सुविधाको अभावले ति समुदायहरु पछाडि परिरहेको बताएका हुन् । उनले  भने , ‘हाम्रो देशको समृद्धिको भविष्य शिक्षामा होइन । शिक्षाले मात्रै सबै  कुरा पुरा गर्न  सक्दैन  । यो  शिक्षालाई  संस्कारयुक्त शिक्षा बनाउन सक्नुभयो भने मात्रै निहीत हुन सक्छ । नेपालका जनजाति समुदायहरुमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना निहित छ ।  तर  दुर्भाग्यवश ः शिक्षा र  सुविधाको अभावले ति समुदायहरु पछाडि परिरहेका छन् ।’ साथै उनले देशका सबै बालबालिका केवल परिवारका मात्रै  नभैइ उनीहरु साझा  भविष्यदिप भएको बताए । उनले  बालबालिकाहरुलाई उज्याले  बनाउने  जिम्मेवारी हामी  सबैको रहेको बताए । उनले भने, ‘देशका सबै  बालबालिका केवल परिवारका मात्रै  होइनन् । उनीहरु हाम्रा साझा  भविष्यदिप हुन् । जसलाई  उज्याले  बनाउने  जिम्मेवारी हामी  सबैको हो । शिक्षा, दिक्षा र संस्कार बालबालिकाहरुलाई दिइने केवल अभिभावकको  कर्तव्य मात्रै  होइन यो सम्पूर्ण  समाजको धर्म  हो ।’      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार