इटहरीः पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष ०८२ को शुभकामना सन्देश दिँदै ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
नेपालजस्तो संसारकै सुन्दर देशमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकामा चिन्ता व्यक्त गरेका पूर्वराजाले पृथ्वीनारायण शाहले अघि सारेका स्वालम्बनका मान्यतालाई जोड दिनुपर्ने बताए ।
हरेक समस्याको समाधान संवाद,समन्वय,सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने उनको भनाई छ ।
यस्तै उनले चैत्र १५ गते भएको घटनाप्रति पनि दुःख व्यक्त गरेका छन् ।
‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो,’ उनले भनेका छन्, ‘त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ । तर केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो ।’
प्रतिक्रिया