महाधिवेशन टार्न खोज्ने काम आत्मघाती : शेखर कोइराला

सोमबार, ०१ बैशाख २०८२
काठमाडौँ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन्। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याएका छन्। सन्देशमा नेता डा. कोइरालाले भनेका छन्, 'एक पटक आफू र आफ्नो दल भन्दा देश र जनतामाथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ।' अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ ले पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार