इलाम : कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला इलाम आफैँमा पर्यटकीय जिल्ला हो । कोशी प्रदेशलाई सूर्योदयको प्रदेश भनिएझैँ इलामबाटै सूर्योदय हेर्न सकिन्छ ।
बिहानीको सुरुवात नै इलामले गर्ने भएकाले पनि इलाम आफैँमा विशेष छ ।
नयाँ वर्षको यो क्षणमा इलाम घुम्नलाई धेरै योजना बनाएका छन् । जुन आम सर्बसाधरणदेखी कुटनितज्ञसम्मको रोजाई इलाम बन्न पुगेको छ ।
नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगे । नयाँ वर्षमा आन्तरिक पर्यटकको समेत घुईचो लागेको थियो ।
चिया बगान, अन्तु डाँडा, सन्दकपुर, माई पोखरी, सिद्धिथुम्का जस्ता पर्यटकीय गन्तव्य इलामले प्याकेजका रूपमा पाएको छ ।
जहाँ नयाँ वर्षमा घुम्नका लागि पुगेकाहरूको तस्बिर सङ्कलन गरिएको छ ।
प्रतिक्रिया